चासो दिने निकायको पनि कम भयो

दैलेखमा यतीवेला करोडौंका ठूला पुर्वाधार निर्माणका कामहरु भएका    छन् । मध्यपहाडी राजमार्ग अन्तरगतकै  विभिन्न ठूला योजनाहरु मात्र हैनन्, सडक र सिचाँई लगायतका अन्य विभिन्न सरकारी कार्यालयहरुका समेत करोडौंका भौतीक पुर्वाधारहरु जिल्लाभित्र निर्माण थालिएका छन् ।
जिल्लाभित्र निर्माण थालिएका सवै पुर्वाधारहरुका बारेमा प्रत्यक्ष निगरानी राख्न पाउने अधिकार आम जनताहरुको हुन्छ । आम जनताहरु पछिल्ला दिनहरुमा सामान्य मात्रामा अधिकार बुझ्न थालेका छन् । यस्ता बिकासका पुर्वाधारहरुको गुणस्तर र दिगो रुपमा संचालनका लागि महत्वपुर्ण नियमनकारी निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय र मातहतका अन्य कार्यालयहरुको अँझै धेरै जिम्मेवारी हुन आउँछ ।
हरेक योजनाहरुको प्रत्यक्ष निगरानी गर्ने प्राविधिक टोलि समेत खटिएको हुन्छ । ठूला देखि साना सवैखाले पुर्वाधारहरु निर्माणको पहिलो चरणमा कति रकम आयो , कसले सहयोग गर्र्यो, कहिले सम्पन्न हुने यो यस्ता सामान्य कुराहरुको आम नागरिकहरुलाई सुचनामार्फत वा भेला मार्फत जानकारी गराउनुपर्ने हुन्छ । सुचनाको हक अन्तरगत दैलेखमा यस्ता कुनैपनि गतिविधिहरु हुन सकेका छैनन् । कसको कमजोरी हो कसले खोज्ने हो ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार